शुक्रबार, चैत ७, २०८१

कस्तो रहला आज दिनभरको मौसम ?

नेपालखोज २०७७ साउन २८ गते ६:४१

काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाकाअनुसार मनसुनी न्युनचापीय रेखा हाल दक्षिण पश्‍चिम भेगमा नेपाल नजिक अवस्थित छ ।

Advertisement

हाल देशका अधिकांश भू-भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै-थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ। महाशाखाकाअनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो स् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती स् देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया