बिहीबार, वैशाख ६, २०८१

बुधबार शेयर बजारमा साढे २ अर्बभन्दा बढीको कारोबार, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

नेपालखोज २०७७ भदौ २४ गते १७:३०

काठमाडौं । मंगलवारदेखि बढ्न थालेको बजार बुधवार १३ दशमलव शून्य ५ अंक माथि उक्लिएको छ । यस दिन नेप्से परिसूचक १ हजार ५०८ दशमलव २० विन्दुमा पुगेको हो । यस दिन ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १९ अंकले बृद्धि भई २९९ दशमलव ६६ विन्दुमा पुगेको छ ।

१ हजार ४९८ दशमलव ५० विन्दुबाट सुुरु भएको बजार १ हजार ५११ दशमलव ९३ विन्दुसम्म पुगेको थियो भने न्यून विन्दु १ हजार ४९५ दशमलव २२ मा झरेको थियो । उतारचढाबका विच बन्द भएको बजारमा २ अर्ब ५६ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन १९५ कम्पनीको २९ जार १२५ पटकको व्यापारमा उक्त रकम बराबरको ५८ लाख ३१ हजार ११० कित्ता शेयर कारोबार भएको हो ।
बुधवार पनि कुल कारोबारमा सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ३१ लख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३२ रुपैयाँले बढेको छ । यस दिन तीन कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारण तर्फको र संस्थापक तर्फको शेयरसँगै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

रिलायन्स लाइफले भदौ २३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको हो । बुधवार सर्वाधिक मूल्य घट्ने कम्पनी एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड रहेको छ । यो दिन एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्टको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत घटेर प्रतिकित्ता ३५४ रुपैया कायम भएको हो ।

यस दिन कारोबारमा आएका १२ समूहमध्य बैंकिङ समूहको शून्य दशमलव १६ प्रतिशत र विकास बैंकको शून्य दशमलव ३१ प्रतिशत घटेको छ भने बाँकी समूहको बढेको छ । यो दिन सबैभन्दा बढी्र व्यापारिक समूहको परिसूचक ३ दशमलव ३९ प्रतिशत बढेको हो । शेयर बजारका लगानीकर्ताहरुको लगानी भित्र्याउने समय यतिबेला हो । शेयर बजारको सिजनको रुपमा रहेको यो अवधिमा लगानीकर्ताहरु संयमित भएर कारोबार गरिरहेको ब्रोकरहरुको भनाई रहेको छ ।

प्रतिक्रिया