कोरोना : सप्तरी र सुनसरीमा थप दुई जनाको मृत्यु
सप्तरी। सप्तरी र सुनसरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज वडा नंबर ६ बस्दै आएका ७५ वर्षीय बृद्धको मृत्यु भएको हो ।
चार दिनदेखि ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भैसकेपछि शाही कृष्ण अस्पतालको आईसुलेसनमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतकलाई यसअघि मुटु सम्बन्धी रोग सहित थाईराड, सुगर र उच्च रक्तचाँपका रोगी थिए । योसंगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
त्यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा बुधबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया