शनिबार, जेठ ५, २०८१

कुकुरको निहुँमा दुई मालिकबीच झगडा हुँदा गोली प्रहार, २ जनाको मृत्यु

नेपालखोज २०८० भदौ १ गते १८:४३

काठमाडौं । भारतको मध्य प्रदेशस्थित इन्दौरमा घरपालुवा कुकुरका विषयमा झगडा हुँदा एकजना कुकुर मालिकले गोली हानेर २ जनाको हत्या गरेका छन्। गोली लागेर अन्य ६ जना घाइते भएका छन्। 

झडपका क्रममा कुकुर मालिकले कैयौँ राउन्ड फायर गरेका हुन्। 

समाचार एजेन्सी पीटीआईले सार्वजनिक गरेको भिडिओमा एक व्यक्तिले आफ्नो राइफलबाट फायर गरिरहेको देखिन्छ। उक्त भिडिओ स्थानीय व्यक्तिले रेकर्ड गरेका हुन्। 

प्रतिक्रिया