पाटन अस्पतालमा ३८ वर्षीया महिलाकाे कोरोना संक्रमणबाट मृत्यु
नेपालखोज
२०७७ साउन २८ गते १०:३२
काठमाडाैं । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए । उनी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार भर्ना भएकी थिइन ।
त्यस्तै गए राति जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने गए राति नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया