आइतबार, चैत ९, २०८१

देशभर थप ४ सय ८४ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या २४ हजार ४ सय नाघ्याे

नेपालखोज २०७७ साउन २८ गते १६:३७

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ४ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभर रहेका विभिन्न प्रयोगशालामा २४ घन्टाभित्र १० हजार ४ सय ८१ जनामा गरिएको परीक्षणमा  ४ सय ८४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् ।

प्रतिक्रिया