सोमबार, जेठ ७, २०८१

नयाँ दूरसञ्चार ऐन आउँदै, १ महिनाभित्र मस्यौदा तयार हुने

नेपालखोज २०७७ साउन २८ गते १९:४०

काठमाडौं । नयाँ दुरसञ्चार ऐनको मस्यौदालाई सरकारले अन्तिम रुप दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको ‘सिनियर म्यानेजमेन्ट मिटिङ’ले विभिन्न निर्णयहरु गर्दै दूरसञ्चार ऐनको मस्यौदालाई १ महिनाभित्रमा टुंगोमा पुर्याउने भएको हो ।

करिब १ वर्षअधि नै तयार पारिएको मस्यौदामा विभिन्न छलफल र सुझावहरु संकलन गरिएको थियो । कोरोना महामारीले रोकिएको मस्यौदालाई अहिले अन्तिम तयारी गर्न लागिएको हो । उक्त मस्यौदालाई अन्तिम रुप दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिइएको छ ।

नयाँ ऐनले हालको दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्नेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह प्रवक्ता संगिता ओझाले यसअघि नै छलफलमा रहेको मस्यौदालाई अन्तिमरुप दिईने जानकारी दिँदै ‘यसअघि सरोकारबालाहरुसँग समेत छलफल भएको विधेयकको रुपमा लाने तयारी भएको थियो तर सकिएको थिएन । अब दूरसञ्चार ऐनको मस्यौदालाई अन्तिम रुप दिन खोजिएको हो ।’ उनले भनिन् ।

प्रतिक्रिया