सोमबार, मंसिर २९, २०८२

अब ब्रोकर कम्पनीमा राखेको धरौटीको ब्याज शेयर लगानीकर्ताले पाउने

नेपालखोज २०७७ साउन २८ गते २०:३६

काठमाडौं । अब शेयर लगानीकर्ताले धितोपत्र एजेन्टलाई बुझाउने धरौटी रकमको ब्रोकरबाट ब्याज पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले शेयर कारोबार सञ्चालन विनियमावली २०७५ संशोधन गरी धरौटी रकममा लगानीकर्ताले राखेको धरौटीको ब्याज प्रदान गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

दोस्रो बजारमा कारोबार गर्दा धितोपत्र दलाललाई बुझाउनुपर्ने २५ प्रतिशत धरौटी रकममा प्रतिफल नपाएको गुनासो आइरहेका बेलामा सो लाई सम्बोधन गर्दै यो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

धरौटी रकममा सिर्जना हुने दायित्व तथा प्रतिफलका सम्बन्धमा लगानीकर्ता तथा शेयर एजेन्टबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । ब्याज निर्धारण दुवै पक्षको आपसी समझदारीमा तय हुने बोर्डले जनाएको छ । यस व्यवस्थाले धितोपत्र कारोबारका लागि लगानीकर्ताले राखेको धरौटी रकममा प्रतिफल प्राप्त हुने वा नहुने सन्दर्भमा कायम रहेको अन्यौलता अन्त्य हुने विश्वास बोर्डले गरेको छ ।

प्रतिक्रिया