शुक्रबार, वैशाख १४, २०८१

निशानले गरे प्रेमिका ऋचासँग कानुनी विवाह

नेपालखोज २०७७ साउन २९ गते १३:०१

काठमाडौं । गायक निशान भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग विवाह गरेका छन्। गत २७ साउनमा (मंगलबार) काभ्रे जिल्ला अदालत, धुलिखेलमा प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरेका उनले यसबारे विहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन ।

मोरङ उर्लाबारीका निशान र धुलिखेल निवासी ऋचा न्यौपाने केही समयदेखि प्रेम सम्बन्धमा थिए । मिस काभ्रे २०१८ की सेकेन्ड रनरअप उनले निशानको स्वर रहेको ‘लाउर जाने रेल’मा मोडलिङ समेत गरेकी छिन् ।

पछिल्लो समय चर्चामा रहेको गीत के माया लाग्छ र मा स्वर दिएका निशान गायन रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका थिए । निशानले कोरोना भाइरस महामारीको कठिन अवस्थाका कारण कानूनी विवाह गरेको बताएका छन् ।

उनले आज फेसबूकमा जीवनसाथीसँगको तस्वीरसहित एक पोस्ट राख्दै लेखेका छन्, ‘यति धेरै माया र आशीर्वाद हामीले पाएकोमा धेरै नै खुशी छौं । यो अहिलेको जटिल समयका कारण हामीले कानूनी विवाह गर्ने निर्णयलाई उचित सम्झियौं र यसलाई सफल बनायौं । हजुरहरुको माया र आशीर्वाद यसरी नै सधैं कायम रहिरहोस् ।’

 

प्रतिक्रिया