युनाइटेड मोदी हाइड्रोपावरको नाफा ३९.४६ प्रतिशतले घट्यो
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको नाफा अघिल्लो वर्षकाे तुलनामा गत वर्ष घटेको छ । बिहीवार प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्ष कम्पनीले ५ करोड ७५ लाख २६ हजार खुद नाफा गरेको छ ।
यो नाफा अघिल्लो वर्ष यसै अवधिमा ९ करोड ५० लाख ३६ हजार रूपैयाँ रहेको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको नाफा ३९ दशमलव ४६ प्रतिशत घटेको हो ।
अघिल्लो वर्ष ३१ करोड ५९ लाख ५९ हजाररूपैयाँ विद्युत् विक्रीबाट आम्दानी गरेको उक्त कम्पनीले गत वर्ष ३० करोड ११ लाख ७३ हजार रूपैयाँ आम्दानी गरेको हो । विद्युत् विक्री आम्दानी अघिल्लो वर्षभन्दा ४ दशमलव ६७ प्रतिशत घटेको हो ।
कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड र जगेडा कोष रकम ६ करोड ९४ लाख ३८ हजार रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति १ अर्ब ७९ करोड ४६ लाख ३३ हजार रूपैयाँ छ ।अघिल्लो वर्ष १ अर्ब ९२ करोड ३८ लाख ४१ हजार रूपैयाँ थियो ।
प्रतिक्रिया