बिहीबार काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा देखियो कोरोना

नेपालखोज २०७७ साउन २९ गते १६:४६

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

बिहीबार काठमाडौं जिल्लामा १ सय ११ जना, ललितपुरमा ११ जना र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै देशभर थप ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ५ सय ५९ पुगेको छ । जसमध्ये काठमाडौंमा १ हजार २ सय ७८, ललितपुरमा १ सय ९१ र भक्तपुरमा १ सय १० पुगेको छ ।

भने देशभर २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका हुन् । २४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ९ भएका छन् भने ४ जनाकाे निधन भएकाे छ । याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया