मंगलबार, असार १७, २०८२

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ साउन ३० गते ८:०४

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आज बागमती, गण्डकी, ५ नम्बर र कर्णालीका प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

अहिले बिहान पनि पूर्व झापाको दमक आसपास तथा सुदूरपश्चिम प्रदोशका केही स्थानमा हल्का पानी परिरहेको छ। यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्य बदली छ।

खासगरी दिउँसो ३–४ बजेदेखि बदली र वर्षा अलि बढ्ने देखिन्छ। काठमाडौं उपत्यकामा पनि अबको ३–४ घण्टापछि बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति पनि देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया