पूर्व कप्तान धोनीको कोरोना रिपोर्ट नेगेटिभ
नेपालखोज
२०७७ साउन ३० गते ८:११
एजेन्सी । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सिंह धोनीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनको बुधबार नमुना परीक्षण गरिएको थियो।
राँचीको गुरु नानक अस्पतालस्थित माइक्रो प्रैक्सिस प्रयोगशालाका प्राविधिक टोलीले धोनीको फार्म हाउस गएर उनको नमुना संकलन गरेको थियो। योसँगै धोनीको आइपीएल खेल्न बाटो खुला भएको छ। उनी सम्भवतः १४ अगष्टमा चेन्नई जानेछन्। त्यहाँ अभ्यास सत्रपछि चेन्नईको पूरै टिम युएई जानेछ।
टिम प्रबन्धकहरुले अरु सबै खेलाडीहरुलाई चेन्नाई बोलाउनका लागि चार्टर्ड फ्लाइटको व्यवस्था मिलाएको छ ताकि उनलाई कोरोना संक्रमित भएको सबै आशंकाहरु मेटिउन्। धोनी चेन्नई सुपर किंग्सका कप्तान हुन् ।
सम्बन्धित
प्रतिक्रिया