सिन्धुपाल्चोकमा भिषण पहिरो : २२ घर पुरिए, धेरै मान्छे हताहत भएको आशंका
नेपालखोज
२०७७ साउन ३० गते ८:३२
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा भिषण पहिरो गएको छ । पहिरो जाँदा एकै गाउँका २२ घर पुरिएका छन भने धेरै मान्छे हताहत भएको आशंका गरिएको छ।
आज बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए। ‘गाउँमा रहेका २२ घर नै पुरिएको खबर आएको तर घटनास्थल दुर्गम ठाउँमा रहेकाले प्रहरी पुग्न समय लाग्ने एसपी महर्जनले बताए ।
प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको उनले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया