कालिकोटमा पहिरो गयो : एकै परिवारका ६ जनाको मृत्यु, घटनास्थल पुग्न कठिनाइ

नेपालखोज २०७७ साउन ३० गते ९:३९

कालिकोट। कालिकोटको महावै गाउँपालिका–मा विहिबार राति गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।

अवरिल वर्षापछि गएको पहिरोमा परी महावै गाउँपालिकाका गाउँसभा सदस्य ढकबहादुर विष्टका दुई छोरा र दुई छोरी र उनका दाजु वीरबहादुर विष्टका दुई छोरीको मृत्यु भएको महावै गाउँपालिकाका प्रमुख नन्दबहादुर सिंहले जानकारी दिए।

विहिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि गाउँपालिका सदस्य ढकबहादुर विष्ट र उनका दाजु वीरबहादुर विष्टका दुई छोरीहरु १९ वर्षीया शान्ति विष्ट, १० वर्षीया रेशा विष्ट, १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको खबर आएको गाउँपालिका प्रमुख सिंहले बताए ।

ठाउँ ठाउँमा पहिरो गएका कारण घटनास्थलमा पुग्न गाह्रो भएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकामबाट झण्डै १८ कोस टाढा रहेको प्रमुख सिंहले बताए।

प्रतिक्रिया