सोमबार, चैत ३, २०८१

साेमबार विहान नेकपाले बाेलायाे सचिवालयकाे बैठक

नेपालखोज २०७७ साउन ३२ गते १४:२३
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे नौ बजेका लागि बैठक बोलाइएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो । सचिवालय बैठक राखेर कार्यदललाई औपचारिकता र कार्यदेश दिन लागिएको खनालको भनाइ  छ ।

Advertisement

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो ।

प्रतिक्रिया