मंगलबार, चैत ११, २०८१

साताकाे पहिलाे दिन १७‍.३३ अंकले घट्यो नेप्से

नेपालखोज २०७७ साउन ३२ गते १५:४३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको पहिलो दिन घटेको छ । आइतबार नेप्से १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा कायम भएको हो ।

Advertisement

१ अर्ब २५ करोड बढीको कारोबार भएको छ । आज ट्रेडिङबाहेक सबै समूह राताम्मे भएका छन् ।  १ सय ८५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२१ वटाको मूल्य घटेको छ भने ३३ वटाको बढेको छ ।

केही लघुवित्त र जलविद्युत कम्पनीको शेयर बढेपनि बैंक तथा वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै घटेका छन् । बाणिज्य बैंकहरुको सूचक १‍.६१ प्रतिशतले घटेसँगै लघुवित्तको सूचक पनि १.२३ प्रतिशतले घटेको छ ।

सूचक घटे पनि करोबार रकम भने १ अर्ब २३ करोड रुपैयाँको भएको छ। आइतबार नेपाल बैंकको सबैभन्दा धेरै ८ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

 

प्रतिक्रिया