चार्टड एकाउन्टेन्ट र माछापुच्छ्रे बैंकबीच बैंकिङ्ग सेवासहित बिना धितोमा प्रोफेश्नल कर्जाका लागि सम्झौता
काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवाप्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
साे सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राजशर्मा वाग्ले माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।
कोरोनाको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थान शीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तविकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्थासंग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी गराए ।
लेखा परीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको सन्दर्भ मा यस्ता समझदारी ले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष आनन्द राजशर्मा वाग्लेले बताए । साथै संघले गरेको सर्वेको प्रतिवेदन अनुसार सदस्यहरुको हितकालागि संघले कार्यहरु गरिरहेको समेत वाग्लेले जानकारी दिए ।
सम्झौता पछि संघका लगभग २ हजार ४ सय सदस्यहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवाप्रदान गर्नेछ । सम्झौता पछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथाअन्य बैंकिङ्ग सुविधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ ।
द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १ सय ५९ शाखाबाट बिनाधितोमा १५ लाख रुपैयाँसम्मको प्रोफेश्नल कर्जा (ब्याज दर ९.७५ प्रतिशत) प्रदान गरिनेछ ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ गैरनाफा मूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थितएवम् सुचारु रुपले लेखाब्यबसाय संचालन गराउने काम गरिरहेका छ ।
प्रतिक्रिया