सिन्धुपाल्चोक पहिराे अपडेट: २२ को शव फेला, १७ जनाको खोजी कार्य जारी
नेपालखोज
२०७७ भदौ १ गते १३:५०
काठमाडौं । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिराेमा परेका २२ जनाको शव फेला परेको छ । सोमबार बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सोमबार भेटिनेमा वर्ष २२ का छविलाल दोङ, वर्ष ६ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले बताएका छन् ।
पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । रासस
सम्बन्धित
प्रतिक्रिया