पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना, संक्रमितकाे संख्या २७ हजार नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर रहेका ३८ वटा प्रयोगशालामा २४ घन्टाभित्र ११ हजार ५ सय २० जनामा गरिएको कोरोना परीक्षणमा ५ सय ८१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
जसमध्ये १ सय ७३ जनामा महिला र ४ सय ८ जना पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कोरोनामुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको प्रवक्ता डा.गौतमले बताएका छन् ।
थप ३ जनाकाे निधन, मृत्यु हुनेकाे संख्या १ सय ७
त्यस्तै पछिल्लो २४ घण्टा यता थप ३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म १ सय ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया