राधी विद्युत कम्पनीको ७ करोड ५४ लाख खुद नाफा
नेपालखोज
२०७७ भदौ २ गते १०:५९
काठमाडौं । राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को चौथो त्रैमाससम्म आइपुग्दा ७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३२.५०% ले बढी हो ।
अघिल्लो वर्ष यसले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । बिजुली बेचेर आम्दानी बढाएपछि खुद नाफा पनि वृद्धि भएको हो । कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी १४ करोड ५८ लाख रुपैयाँबाट बढेर १५ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा अन्य स्रोतबाट पनि १३ लाख २१ हजार रुपैयाँ कमाएको छ । हाल राधीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसाले बढेर (वार्षिक) १५ रुपैयाँ ६४ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६७ पैसा (वार्षिक) मात्र थियो । यसको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया