सातामा झण्डै २१ अर्ब रुपैंयाँ बराबरको शेयर किनबेच

काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय सात दशमलव ३७ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४६ दशमलव ३० बिन्दुमा कायम भएको छ । यो साता तीन सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसअनुुसार तीन लाख ९६ हजार सात सय ९२ पटकको कारोबारमा चार करोड ६० लाख २३ हजार छ सय ४८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २० अर्ब ९९ करोड ५७ लाख ४३ हजार नौं सय ९९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही करोडले मात्र कम हो ।
गत साता तीन सय ४२ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ६८ हजार दुई सय ७० पटकको कारोबारमा चार करोड ८२ लाख ८० हजार छ सय ७८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २१ अर्ब ५२ करोड ६८ लाख ४६ हजार पाँच सय एक रुपैयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये तेस्रो दिन उकालो लागेको नेप्से परिसुचक बाँकी चार कार्यदिन लगातार ओरालो लागेको थियो । दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक २१ दशमलव ४८ अंकले ओरालो लागेर दुई हजार छ सय नौं दशमलव ६९ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७० अंकले ओरालो लागेर चार सय ४८ दशमलव २५ बिन्दुमा झरेको थियो ।
दोस्रो दिन पनि नेप्से परिसुचक तीन दशमलव शुन्य दुई अंकले ओरालो लागेर दुई हजार छ सय छ दशमलव ६७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५० अंकले ओरालो लागेर चार सय ४६ दशमलव ७५ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक सात दशमलव ३९ अंकले उकालो लागेर दुई हजार छ सय १४ दशमलव शुन्य सात बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३० अंकले उकालो लागेर चार सय ४७ दशमलव शुन्य पाँच बिन्दुमा चढेको थियो ।
चौंथो दिन नेप्से परिसुचक पाँच दशमलव तीन अंकले ओरालो लागेर दुई हजार छ सय नौं दशमलव तीन बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले ओरालो लागेर चार सय ४६ दशमलव १८ बिन्दुमा झरेको थियो । पाँचौं दिन पनि नेप्से परिसुचक एक दशमलव ६६ अंकले ओरालो लागेर दुई हजार छ सय सात दशमलव ३७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ११ अंकले उकालो लागेर चार सय ४६ दशमलव ३० बिन्दुमा चढेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड अगाडि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३२५ ८९७३१ १०७१८६१५ ५३३४४१५३३१.०६
दोस्रो दिन ३३१ ८३२७३ १०१४६४०० ४६६९५४८७४२.६२
तेस्रो दिन ३३१ ६२६६५ ८७४२०८४ ३७५५०२७७९५.९३
चौंथो दिन ३२९ ९१३९४ ८६४७९४८ ३७३८७७२३७३.२४
पाँचौं दिन ३२६ ६९७२९ ७७६८६०१ ३४९७९७९७५६.५७
कुल ३३१ ३९६७९२ ४६०२३६४८ २०९९५७४३९९९.४२
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया