पहिरोजाँदा दैलेखमा दुई जनाको मृत्यु
दैलेख । दैलेखका दुई अलग– अलग स्थानमा गएराति परेको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका– ४ गैरे–गाउँमा गएराती करीब साढे ११ बजे गएको पहिरोले स्थानीय टिकाराम कठायतको घर बगाउँदा उनका छोरा १२ वर्षीय जनक कठायतको मृत्यु भएको छ ।
त्यस्तै ५० टिकाराम कठायतसहित श्रीमति ४५ वर्षीय धनसरा कठायत, छोरी १७ वर्षीय बेल कठायत र अर्का छोरा १५ वर्षीय समसेर कठायत घाइते अवस्थामा भेटिएको स्थानीय वीरेन्द्रबहादुर कठायतले जानकारी दिए । पहिरोमा परी मृत्यु भएका जनकको घरमा आएका स्थानीय दानबहादुर कठायतका ११ वर्षीय छोरा लोकेश अहिले पनि वेपत्ता रहेको प्रहरीले बताएको छ । सोही ठाउँकै ३४ बर्षिय महेन्द्र बहादुर शाही, २३ बर्षका गम्म नेपाली पनि घाइते भएका छन् ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीका अनुसार घाइतेको पूर्ण बिबरण आइसकेको छैन् । अहिले प्रहरीको टोली घटना स्थलतर्फ गइसकेको उनले बताए । उनका अनुसार पुर्वीभागमा पर्ने भगवतीमाइ गाउँपालिका –५ कट्टीमा पहिरोले घर पुरिंदा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको छ । व
डा अध्यक्ष रमेशबहादुर सिजापतीकाअनुसार पहिरोले ठूलो मात्रामा भौतिक क्षति पुर्याएको छ । घरभन्दा माथिबाट पहिरो खसेकाले टिकारामका दुई ओटा घरमा पूर्णरुपमा क्षति भएको छ धनमाल पहिरोमै हराएको छ । यसैगरी अन्य चार ओटा घरमा पनि केही मात्रामा क्षती भएको छ ।त्यस्तै गएराति आएको पहिरोले यहाँको हाइड्रो पावरको पावर हाउसमा समेत क्षति पुगेको छ ।
प्रतिक्रिया