बिहीबार काठमाडौं उपत्यकामा थप २ सय जनामा देखियो कोरोना

नेपालखोज २०७७ भदौ ४ गते १६:३५

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा १ सय ७४, ललितपुरका १८ र भक्तपुरमा ८ गरी उपत्यकामा २ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार १ सय ४९, ललितपुरमा ३ सय ६८ र भक्तपुरमा १ सय ७९ संक्रमित पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टा यता देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित संख्या २९ हजार ६ सय ४२ जना पुगेको छ ।

 

प्रतिक्रिया