मंगलबार, चैत ११, २०८१

नेपाल र ईजरायल सरकारबीच कूटनैतिक सम्झौता

नेपालखोज २०७७ भदौ ५ गते ६:५४

काठमाडौं । आज नेपाल सरकार तथा ईजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्बन्धी सम्झौता भएको छ।

Advertisement

अबदेखि कुनै एक राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु नपर्ने भएको छ। ईजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट राजदूत डा. अन्जान शाक्य र ईजरायल सरकारको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री H.E. Mr. Gabi Ashkenazi ले हस्ताक्षर गरेका छन् ।

यस अवसरमा राजदूतले नेपालमा Learn & Earn Project मार्फत ईजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई Expert/Consultant को रुपमा विकास गर्न सकिने सुझाव दिएका छन् । त्यसैगरी Caregiving Sector मा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको थियो।

प्रतिक्रिया