पूर्वप्रधानमन्त्री नेपालकाे सुरक्षामा खटिएका ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ भदौ ६ गते १४:२१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना भाइरस देखिएको छ ।

विहीबार पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार तथा सुरक्षाकर्मी गरि १५ जनामा गरिएकाे पीसीआर परीक्षणमा पिएसओसहित ९ जना  सुरक्षाकर्मीहरुमा मात्र कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ । माधव नेपालका परिवारले तीन पटकसम्म पीसीआर परीक्षण गरिसकेका छन् ।

यसभन्दा अगाडी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस देखिएको थियो ।

प्रतिक्रिया