शनिबार काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा देखियो कोरोना
नेपालखोज
२०७७ भदौ ६ गते १६:३८
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय ६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
देशभर २ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ५ जना रहेका छन् ।
यस्तै होम आइसोलेशनमा ३ हजार ९ सय १६ जना रहेका छन्
सम्बन्धित
प्रतिक्रिया