बिहीबार, वैशाख १३, २०८१

फेरि सर्याे नेपाल उद्योग वाणिज्य महासंघको चुनाव

नेपालखोज २०७७ साउन ८ गते १८:२५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने भनिएको चुनाव फेरि सरेको छ । सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने भनेसँगै महासंघले ५४ औँ वार्षिक साधारणसभा सारेको हो ।

कार्यसमिति र पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा सार्ने गर्ने निर्णय गरेकाे हाे ।

सरकारले कहिलेदेखि सभा, सम्मेलन गर्न पाइन्छ स्पष्ट नगरेकाले स्पष्ट पारेको १५ दिनभित्र साधारण सभा गर्ने महासंघले उक्त निर्णय गरेको छ ।

यस अघि गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आए पनि पछिल्लो पटक साउन २६ र २७ गतेलाई सारेको थियो ।

 

प्रतिक्रिया