शेयर बजार यो साता ११.२२ अंकले ओरालो
काठमाडौं । गत साताको कारोबारमा २७ दशमलव ४२ अंकले माथी उक्लिएको शेयर बजार यो साता भने ११ दशमलव २२ अंक तल ओर्लिएको छ । यो साता बजारका महत्वपूर्ण सूचकहरु सबै घटेका छन् ।
गत साताको अन्तिम कारोबार दिन१ हजार ४०८ दशमलव ७९ विन्दुमा रहेको बजार यो साताको अन्तिम कारोबार दिन १ हजार ३९७ दशमलव ५७ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा तीन कारोबार दिन बजार बढेपनि गत साताको तुलनामा बजार घटेको छ ।
यो साता कारोबारको पहिलो दिन आइतवार १७ दशमलव ३३ अंक र चौथो दिन बुधवार १६ दशमलव ६० अंकले बजार घटेको थियो भने दोस्रो दिन १० दशमलव ७५ अंक, तेस्रो दिन ५ दशमलव ६८ अंक र अन्तिम कारोबार दिन ६ दशमलव २८ अंकले बजार बढेको थियो ।
गत साताको तुलनामा यो साता कारोबार रकममा पनि कमि आएको छ । गत साता रू. ५ अर्ब ८० करोड ६० लाख २५ हजार बराबरको शेयर कारोबार भएको बजारमा यो साता रू. ४ अर्ब ९४ करोड २६ लाख ३५ हजार बराबरको कारोबार भएको छ । यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ४८ अंक घटेर २८८ दशमलव ३६ विन्दुमा झरेको छ ।
प्रतिक्रिया