शनिबार, वैशाख १३, २०८२

राखेपको छानबिन उपसमितिद्धारा काम सुरु

नेपालखोज २०७७ भदौ ६ गते २०:१६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा देखिएको अनियमितता तथा राखेप परिसरको रुख कटानका सम्बन्धमा छानबिन गर्न गठिन उप–समितिले काम थालेको छ ।

सागको सामान खरिद तथा रुख कटानका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशन अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको ५ सदस्यीय उपसमितिले काम सुरु गरेको छ ।

गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठित उपसमितिको हिजो बसेको पहिलो बैठकले छानबिन कार्यलाई विभिन्न चरणमा बाँडेर अघि बढ्ने र सदस्यहरुको जिम्मेवारी बाँडफाट गर्ने निर्णय गरेको छ । उपसमितिका संयोजक भट्टराईले बिषयगत कामको बर्गिकरण गरेर सोही अनुसार सदस्यलाई जिम्मेबारी बाँडफाँट गरिएको जानकारी दिए ।

उपसमितिका सदस्यले सामान खरिद तथा वितरणको आर्थिक पक्ष, कानुनी पक्ष, सामानको गुणस्तर र दाखिल सम्बन्धि प्रक्रियाको अनुसन्धान गर्नेछ । समितिलाई २१ दिनभित्र घटनाको छानबिन गरि प्रतिवेदन पेश गर्न समय दिईएको छ ।

प्रतिक्रिया