आजको मौसम कस्तो छ ?
नेपालखोज
२०७७ भदौ ७ गते ९:४०
काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिनभरि भारी वर्षाका सम्भावना कम रहेको छ । अहिले काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ ।
दिउँसो धेरै ठाउँको मौसम आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने चट्याङसहित ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साँझदेखि भने देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने महाशाखाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया