निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ गाडी कारबाहीमा

नेपालखोज २०७७ भदौ ७ गते ९:५७

काठमाडौं । काठमाण्डौ उपत्यकामा आज बिहानै निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ वटा गाडी होल्ड गरिएको छ । निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे १ सय ३६ र चारपाङ्ग्रे ११ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हिजो होल्ड गरिएका ७३५ वटा गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाण्डौ, भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयअनुसार उपत्यकामा बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

प्रतिक्रिया