शनिबार, वैशाख १३, २०८२

शेयर बजार खुलेको एक घन्टामै ५० करोडको कारोबार, १ सय १३ कम्पनीको भाउ बढ्यो

नेपालखोज २०७७ भदौ ८ गते १२:३४

काठमाडौं । सोमबार शेयर बजार खुलेको १ घण्टामै करिब ५० करोड बराबरको कारोबार भएको छ । अहिलेसम्म १ सय १३ वटा कम्पनीको भाउ बढ्दै गरेको अवस्थामा छ ।

सरकार र धितोपत्र बोर्ड पूँजीबजारलाई प्रविधिमैत्री बनाउने कार्यमा अगाडि बढेपछि लगानीकर्ताले पनि प्रविधिबाटै कारोबार गर्न रुचाएको देखिएको छ । निषेधाज्ञा जारी भए पनि लगानीकर्ताले घरबाटै यति धेरै कारोबार गरेका हुन् । अनलाइन कारोबारमा शेयर लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा समेत सकारात्मक प्रभाव परेको छ ।

कोराना भाइरसका बीच विश्व शेयर बजार पनि बढिरहेको बेला नेपाली बजारमा पनि त्यस्तै लक्षण देखिएको छ । सोमबार बजार खुलेको पहिलो एक घण्टामा नेप्से सूचक दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकम समेत झण्डै आधा अर्ब पुगेको छ । कारोबारमा आएकामध्ये ११३ कम्पनीको शेयर मूल्य बढेको छ । ३७ कम्पनीको भाउ घट्दा १३ कम्पनीको यथावत रहेको छ । कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक रहेको छ ।

प्रतिक्रिया