बुधबार, जेठ ९, २०८१

पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ भदौ ८ गते १६:२७

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ४६ महिला र ४ सय ९७ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।

देशभर रहेका ४० वटा प्रयोगशालामा २४ घन्टाभित्र १० हजार २ सय ३४ जनामा गरिएको कोरोना परीक्षणमा ७ सय ४३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म १८ हजार ८ सय ६ जना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता डा.गौतमले बताएका छन् ।

 

 

 

प्रतिक्रिया