पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु
नेपालखोज
२०७७ भदौ ९ गते ६:३७
काठमाडौं । पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा थप दुई कोरोना संक्रमितको पाटन अस्पतालका मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरकाअनुसार सोमबार साँझ काठमाडौं र धनुषाका एक–एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुष र गत साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सम्बन्धित

प्रतिक्रिया