सेयर बजार : सोमबार सवा २ अर्बको कारोबार
नेपालखोज
२०७७ भदौ ९ गते ८:०५
काठमाडौं । सेयर बजारमा सोमबार करिब सवा २ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक पनि २१.२६ अंकले बढेको छ ।
कारोबारमा आएकामध्ये होटलबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेर करिब २ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।
हिजो समग्र नेप्से परिसूचक १ हजार ४ सय ३१.६० बिन्दुमा उक्लेको छ । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.२४ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.५५ प्रतिशत बढेको छ ।
केही दिनयता दोस्रो बजारमा ९० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट हुँदै आएको नेप्सेले दाबी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया