शुक्रबार, असार २०, २०८२

नेपालमा वायु प्रदूषण घट्यो

नेपालखोज २०७७ भदौ ९ गते १०:०५

काठमाडौं । नेपालमा झण्डै चार महिनादेखि वायु प्रदूषण घटेको छ । लकडाउन सुरु भएको दुई हप्तापछि वायु प्रदूषण मापन केन्द्रहरुले हरियो सूचक देखाउन थालेकामा त्यसपछि नियमित हरियो सूचक देखाएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा वैशाख–जेठ महिनामा केहीदिन खडेरी पर्नासाथ प्रदूषणको मात्रा बढ्ने गरेको भएपनि यस वर्ष नबढेको जोशीले बताए । वर्षायाममा भने सामान्यतया हावाको प्रदूषण कम हुन्छ । तर अघिल्ला वर्षहरुमा असार साउनमा पनि केही दिन घाम लाग्दा हावाको प्रदूषण बढ्ने गरेकोमा यो वर्ष त्यस्तो नभएको जोशीले बताए ।

काठमाण्डौ उपत्यकासहितका शहरमा गाडीबाट निस्कने धुवाँ नै वायु प्रदूषणको मुख्य कारण रहेको र लकडाउनमा गाडी कम चल्दा प्रदूषण पनि घटेको वातावरण विभागका प्रवक्ता जोशीको भनाइ छ ।

प्रतिक्रिया