सोमबार, वैशाख १५, २०८२

मंगलबार काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा देखियो कोरोना

नेपालखोज २०७७ भदौ ९ गते १६:२९

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशभरका ४० बटा प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको परीक्षणमा ८ सय ५५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया