सोमबार, जेठ ७, २०८१

हुवावे 5G ले “GSMA नेटवर्क इक्यूपमेन्ट सेक्युरिटी असुरेन्स स्किम” पास गर्यो

नेपालखोज २०७७ भदौ ९ गते १८:०८

शेन्जेन । हुवावेको फाइभ जी वायरलेस र कोर नेटवर्क उपकरण (5G RAN gNodeB, 5G Core UDG, UDM, UNC, UPCF) र LTE eNodeB ले GSMA नेटवर्क इक्यूप्मेन्ट सेक्युरिटी असुरेन्स स्किम (NESAS) पास गरेको छ । GSMA NESAS ले टेलिकम नेटवर्क उपकरणमा उद्योगको विश्वासलाई बढावा दिन्छ । यसले उद्योगका लागि व्यवहारिक छनौंट बनाउँदछ र सबै क्षेत्रीय बजारहरूको लागि महत्वपूर्ण विचार बनाउँछ । जसले संयुक्त रूपमा मोबाइल संचार बजारको विकासलाई थप व्यवस्थित बनाउन प्रोत्साहित गर्दछ ।

नेसास (NESAS) एक मानकीकृत साइबर सुरक्षा आंकलन गर्ने तरिका हो । जसलाई GSMA र 3GPP ले प्रमुख वैश्विक अपरेटरहरू, विक्रेताहरू, उद्योग साझेदारहरू र नियामकहरूसँग संयुक्त रूपमा परिभाषित गरेको हो । यसले मोबाइल उद्योगभर सुरक्षाको स्तर सुधार गर्न एक उद्योगव्यापी सुरक्षा आश्वासनको रूपरेखा प्रदान गर्दछ ।

यो एक स्वैच्छिक योजना हो, जसमार्फत् नेटवर्क उपकरण विक्रेताहरूले उनीहरूको उत्पादनको विकास र जीवनचक्र प्रकृयालाई विस्तृत सुरक्षा अडिटको अधीनमा राख्छ । जुन वर्तमान सक्रिय नेसास (NESAS) रिलिज र यसको सुरक्षा आवश्यकताहरूमा आधारित छ । NESAS आंकलनको सारांश स्वतन्त्र अडिट रिपोर्ट यहाँ पाउन सकिन्छ https://www.gsma.com/security/nesas-participating-vendors/

उद्योगमा व्यापक रूपले स्वीकार गरिएको GSMA NESAS ले उक्त उपकरणहरूले स्किम अनुसारको 5G नेटवर्क सुरक्षा र विश्वसनीयता आवश्यकताहरू पूरा गरेको सुनिश्चित गर्दछ । एकीकृत मूल्यांकन प्रक्रियाले खण्डित मूल्यांकन र तिनीहरूको परिणामहरूलाई बेवास्ता गर्दछ, भने दृश्य र मापन परिणामको माध्यमबाट उद्योगमा सुरक्षा संरक्षण स्तरहरूको पारदर्शिता सुधार गर्दछ ।

NESAS ले २० मूल्यांकन कोटाहरू ओगटेको छ जसले 5G उत्पादन विकास र उत्पादन लाइफ साइकल प्रक्रियाहरूको लागि सुरक्षा आवश्यकता र मूल्यांकन फ्रेमवोर्कहरू परिभाषित गर्दछ । साथै यसले नेटवर्क उपकरणहरूको सुरक्षा आकलन गर्न 3GPP द्वारा परिभाषित सुरक्षा परीक्षण केसहरू प्रयोग गर्दछ ।

“GSMA NESAS मोबाइल संचारको नेटवर्क सुरक्षा आंकलन गर्ने नयाँ विधि हो । यस 5G युगमा, NESAS ले एक मानकीकृत र प्रभावकारी साइबर सुरक्षा मूल्यांकन प्रदान गर्दछ, जसले सञ्चार उद्योगलाई निष्पक्षता सुनिश्चित गर्दछ । सो मूल्यांकन पनि सरोकारवालाहरु जस्तै अपरेटरहरू, उपकरण विक्रेताहरू, सरकारी नियामकहरू र अनुप्रयोग सेवा प्रदायकहरूका लागि एक महत्वपूर्ण सन्दर्भ हो । हुवावेले जहिले पनि टेक्नोलोजीद्वारा संचालित साइबर सुरक्षामा ध्यान केन्द्रित गरेको छ । हामी NESAS लाई पूर्ण समर्थन र सहयोगका साथ स्वागत गर्दछौं । हामी सम्पूर्ण उद्योगलाई संयुक्त रुपमा मोबाइल संचार बजारको विकासको प्रचार गर्नका लागि आमन्त्रित गर्दछौं ।” 5G E2E साइबरसेकुरिटी मार्केटिंग, हुवावे का प्रमुख डेविन डुआनले भने ।

हुवावेका लागि साइबर सुरक्षा आश्वासन हुवावे, ग्राहकहरू, सुपरिवेक्षण अधिकारीहरू र अन्य सरोकारवालाहरू बीच साझा लक्ष्य हो । साइबर सुरक्षामा विश्वास एक प्रमुख वैश्विक चिन्ताको विषय भएको छ किनकि विश्व डिजिटल हुँदै गएको छ । हुवावेलाई लाग्छ कि विश्वास प्रमाणित तथ्यहरुमा आधारित हुन्छ, जुन साझा मापदण्डमा आधारित हुनुपर्दछ । हामी विश्वास गर्छौं कि यो डिजिटल युगमा विश्वास निर्माण गर्ने एक प्रभावकारी तरीका हो ।

हुवावेले GSMA र 3GPP लाई विश्वव्यापी मापदण्डकृत सुरक्षा मूल्यांकनको विकास गर्न समर्थन गर्दछ जुन एक ठूलो रूपमा उद्योग सहमतिका रूपमा स्वीकार गरिएको सोच हो । नेसास (NESAS) ले यो अवधारणालाई बढावा दिन्छ र त्यस्तै नै हुवावेले उद्योगलाई व्यापक रूपमा नेसास (NESAS) लाई अपनाउन आग्रह गर्दछ । GSMA NESAS पास गर्नु अघि, हुवावेले चीनको आईएमटी–२०२० (5G) प्रमोशन समूहले 5G साइबर सुरक्षा परीक्षण पनि पास गरेको छ । यी परीक्षण विशिष्टताहरु 5G सुरक्षा आश्वासनका लागि 3GPP अन्तर्राष्ट्रिय मापदण्डहरूमा आधारित छन् ।

प्रतिक्रिया