आइतबार, वैशाख १६, २०८१

एफ ७७ ( F77 ) बाइकको डेलिभरी सुरु

नेपालखोज २०७९ फागुन २३ गते १२:२७

काठमाडाैं । भारतको बेंगलुरुस्थित इलेक्ट्रिक वाहन निर्माता अल्ट्राभायोलेटले एफ ७७ ( F77 ) बाइक को डेलिभरी सुरु गरेको छ । कम्पनीले यसलाई शक्तिशाली इलेक्ट्रिक बाइकका रुपमा प्रस्तुत गरेको छ ।

यो अल्ट्राभायोलेटको पहिलो ब्याचको उत्पादन हो। यसको निर्माण बेंगलुरुस्थित प्लान्टमा गरिन्छ । ग्राहकले कम्पनीको आधिकारिक वेबसाइटमा गएर यो बाइक बुक गर्न सक्छन् । डेलिभरी सुरु गरेपछि कम्पनीले यसको डिलरशिप बढाउने लक्ष्य राखेको छ ।

यो बाइक ६ लाखदेखि सवा ७ लाख (भारु ३.८० देखि ४.५५ लाख) सम्मको मूल्यमा लन्च गरिएको हो । यसमा नेपाल सरकारले लिने कुनै पनि शुल्क जोडिएको छैन ।

एफ ७७ बाइकमा १०.३ किलो वाटको ब्याट्री प्याक दिइएको छ यसबाट ३ सय ७ किलोमिटरको रेन्ज हासिल गर्न सकिने दाबी गरिएको छ । F77 बाहेक अल्ट्राभायोलेट कम्पनीले नयाँ इलेक्ट्रिक बाइकमा पनि काम गरिरहेको छ।

बेंगलुरुस्थित अर्को कम्पनी युलु बाइक्स प्रालिले बजाज अटोसँगको साझेदारीमा Miracle GR तथा DX GR स्कुटर लन्च गरेको छ । यी नयाँ स्कुटर एआई-लेड टेक्नोलोजीद्वारा संचालित हुनेछन् । उपभोक्ता , हावापानी र सडकको अवस्थालाई ध्यानमा राखेर यी स्कुटरको विशेष डिजाइन गरिएको कम्पनीले जनाएको छ । यी नयाँ विद्युतीय स्कुटरबाट थप रेन्ज तथा कार्यक्षमता प्राप्त गर्न सकिने दाबी गरिएको छ ।

प्रतिक्रिया