मंगलबार, वैशाख १६, २०८२

स्वास्थ्यकर्मीमाथि दुर्व्यहार नगर्न आग्रह

नेपालखोज २०७७ भदौ ९ गते १९:१४

काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यहार नगर्न आग्रह गरेका छन् ।

निषेधाज्ञा तथा लकडाउनको समयमा सबै व्यक्तिहरु घरमै रहेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी घरपरिवार समेत छाडेर बिरामीको स्वास्थ्य उपचारमा खटिएको भन्दै उँहाले चिकित्सकमाथि कुनैपनि किसिमको दुर्व्यवहार नर्गन आग्रह गरे ।

डा. कार्कीले कोरोनाविरुद्धको लडाइँ चिकित्सककै प्रयासले मात्र जित्न नसकिने भन्दै यसमा सबैले साथ र सहयोग दिन पनि आग्रह गरेका छन् । काठमाडौं लगायतका शहरी क्षेत्रमा नै समाज तथा घरबेटीले गर्ने दुव्र्यवहारले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल कमजोर हुने पनि डा कार्कीको भनाई थियो ।

प्रतिक्रिया