धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरु आन्दोलित
धरान । प्रदेश–१ मा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेका बेला प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रतिष्ठान व्यवस्थापन पक्षले बिरामीको उपचारमा खटिएका नर्सहरुलाई स्वास्थ्य सामग्री र भत्ता समेत नदिएको भन्दै मंगलबारदेखि सबै नर्सहरु आन्दोलित भएका हुन् । यसैवीच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग समस्या समाधानका लागि छलफल गरेका छन् ।
प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मंगलबार मुख्यमन्त्री राईले बीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिनएका छन् ।

प्रतिक्रिया