क्यानको साधारण सभा स्थगित
नेपालखोज
२०७७ भदौ ९ गते २०:५९
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै भदौमा तय भएको साधारण सभा स्थगित गरिएको जनाएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको क्यानले जनाएको छ । क्यानले यस अघि भदौ १५ भित्र साधारण सभा गर्ने जनाएको थियो ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न भन्दै गत बुधबार रातिबाट उपत्यकाको तीन जिल्लामा भदौ १० सम्म निषेधाज्ञा लगाएको छ । सरकारले निषेधाज्ञा लगाएसँगै कुनै पनि सभा, सम्मेलन गर्न पाईने छैन । जसको कारण क्यानको साधारण सभा स्थगित भएको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया