इंग्ल्यान्ड र पाकिस्तान बीचको अन्तिम टेस्ट बराबरीमा टुंगियो
नेपालखोज
२०७७ भदौ १० गते ७:०१
एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ । साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो ।
अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज इंग्ल्यान्डले १–० ले जितेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया