मंगलबार, चैत ११, २०८१

आजको मौसम कस्तो छ ?

नेपालखोज २०७७ भदौ १० गते ९:४३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको छ ।

Advertisement

महाशाखाले मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले (बुधबार बिहान) मौसम देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ । त्यसैगरी राति पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया