शनिबार, वैशाख १३, २०८२

स्टार खेलाडी लिओनल मेसीको बार्सिलोना छाड्ने चाहना

नेपालखोज २०७७ भदौ १० गते १९:१२

एजेन्सी । स्टार खेलाडी लिओनल मेसीले आफूले बार्सिलोना छाड्न चाहेको बताएका छन् । सन् २००४ देखि स्पेनिस महारथी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले आफूले यहि सिजनबाट क्लब छाड्न चाहेको भन्दै फ्याक्स पठाएका छन् ।

३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले अन्य क्लबमा जानका लागि तत्काल बाटो खोलिदिन बार्सिलोनासँग आग्रह गरेका छन् । ६ पटकका बालन डि’अर विजेता मेसीले २००४ मा बार्सिलोनामा डेब्यु गरे यता चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

तर पछिल्लो समय मेसी क्लब व्यवस्थापनप्रति असन्तुष्ट थिए । २०२१ सम्म बार्सिलोनामा रहने सम्झौता रहेका मेसीका लागि क्लबले यसअघि ७ सय मिलियन युरो मूल्य तोकेको थियो । मेसीले क्लब छाड्न चाहेको पत्र पठाएपछि बार्सिलोनाको बोर्ड बैठक बस्ने भएको छ ।

 

प्रतिक्रिया