बिहीबार, असार ५, २०८२

उत्तर कोरियाली नेता किम जोङ–उन ठिक छन

नेपालखोज २०७७ भदौ १० गते १९:२७

एजेन्सी । गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाका नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी भएका छन् ।

केही सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए ।

पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीहरुलाई देशमा कोरोना भाइरसको महामारीका हुन सक्ने सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन भनेका छन् ।

प्रतिक्रिया