शुक्रबार, असार २०, २०८२

नातिनिलाई बलात्कार गर्ने हजुरबुवा पक्राउ

नेपालखोज २०७७ भदौ १० गते १९:३६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका—८ वर्षीया आफ्नै नातिनीलाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५४ वर्षीय हजुर बुवालाई पक्राउ गरेको छ ।

घरका सदस्य नभएको मौकाछोपी आरोपितले बालिकालाई यौनाङ्ग देखाउने र यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।

आरोपितले साउन १२ गतेसमेत बालिकालाई बलात्कार गरेको प्रारम्भिक बयानबाट खुलेको उनले बताए । पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया