मंगलबार, चैत ११, २०८१

अत्यावश्यक औषधिहरुको अभाव हुँदैन : औषधि विभाग

नेपालखोज २०७७ भदौ १० गते २१:१९

काठमाडौं । औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यक औषधिहरुको अभाव नरहेको जनाएको छ । तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा केही समस्या देखिए पनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको जनाएको हो ।

Advertisement

अहिले देशका कुनै पनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या देखिए पनि अभावको अवस्था नरहेको उनको भनाइ छ ।

साथै कोरोना विरुद्धको प्रयोगका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘एसटी’ नामक आयुर्वेदिक औषधिको उपयोगिताका बारेमा अध्ययन गरिरहेको सूचना आफूले पाएको उनको भनाइ छ ।

प्रतिक्रिया