मंगलबार, चैत ११, २०८१

अफगानिस्तानमा बाढीमा परि ७० जनाको मृत्यु, ९० घाइते

नेपालखोज २०७७ भदौ ११ गते ६:५२

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्तमा आएको बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । अधिकारीकाअनुसार पर्वान पान्तको चरिकर सहरमा बुधबार बिहानै भीषण बाढी आएको हो । बीबीसीका अनुसार बाढीको समयमा मानिस सुतिरहेका थिए ।

Advertisement

मृत्यु हुनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु छन् । प्रान्तका प्रवक्ता वाहिदा सकारले बाढी प्रभावितहरुको उद्धार कार्य जारी रहेको जनाएका छन् ।

बाढीका कारण दर्जनौं घरहरुका पुरिएका स्थानीयहरुको भनाइ छ । प्रहरी तथा उद्धारकर्मीहरुले बाढी प्रभावितहरुको खोजी तथा पुनःस्थापनको कार्य गरिहेको छ ।

अफगान राष्ट्रपति असरफ घानीले आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका जनाइएको छ । उनले बाढीमा परि ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया